भाग्य
    
  
कोही छन् ……!!!
  
    केही हुन्छ की भनेर पर्खी बसी राख्ने मानिसहरू
  
  
    समय छदाँ पनि 
  
  
    भाग्य खोजी राख्ने कर्महरू, 
  
  
    हात खुट्टा बाँधेर, कल्पनामा डुबि राख्ने 
  
  
    जीउँदा मुर्तीहरू 
  
  
    ईश्वरको लिला भनेर,
  
  
    भाग्यलाई दोष लगाई राख्ने 
  
  
    परिवर्तनको आश राख्ने, 
  
  
    तर आफैलाई परिवर्तन नगर्ने । 
  
  
    आफैले बनाएको बाटोलाई भाग्य नभनि
  
  
    मेरो कर्म भनि ठान्ने 
  
  
    यो हो मानिसको जीवन शैली  
  
  
    अनि भाग्यको दोष भन्छन् ।